डीपीएल फाइनल : शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया भिड्दै « Khabarhub

डीपीएल फाइनल : शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया भिड्दै


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रोसंस्करणको फाइनल भिडन्त शनिबार हुनेभएको छ । प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा हुने खेलमा नेपाली क्रिकेटका दुई स्टार खेलाडीले नेतृत्व गरेका टोली महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया प्रतिस्पर्धा गर्दैछन् ।

महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

राष्ट्रिय टोलीमा दुवै खेलाडीले मध्यक्रम हेरेपनि यी दुई खेलाडीको कप्तानीमा रहेका टोली महेन्द्रनगर र अत्तरिया डीपीएलको यो सिजनको ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । यसलाई शरद र दीपेन्द्र्रबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।

खेल अघि शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेरेन्समा दुवै कप्तानले आ—आफुले उपाधी उचाल्ने ‘दावी’ गरेका छन् ।

घरेलु प्रतियोगितामा सफल शरदले विपक्षी टोली बलियो भए पनि बलियो टोलीलाई पराजित गर्दै ट्रफी उचाल्ने बताएका छन् ।

‘अत्तरियाले राम्रो खेलिरहेको छ । कुनै पनि टोलीको लक्ष्य ट्रफी उचाल्नु हो । त्यसैले च्याम्पियन बन्न च्याम्पियन टोलीलाई हराउनै पर्छ,’ शरदले थपे, ‘राम्रो क्रिकेट खेल्नुपर्छ । दुबै टोलीलाई फाइनलमा दबाव हुन्छ । सहि समयमा सहि क्रिकेट खेल्न सक्यौं भने उपाधि जित्न सक्छौं ।’

अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले डीपीएलमा टोलीले राम्रो प्रदर्शन गरिरहेको र फाइनलमा पनि बिना कुनै दबाब खेल्ने बताएका छन् । ‘यसपटक जसरी हामी खेलिरहेका छौं । यसका आधारमा आशावादी छौं ।’

सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिगको विजेताले ३० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्नेछ । डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टोली टिम चौराहका कप्तान सोमपालले नेतृत्व गरेको नयाँ घरेलु टोली धनगढी स्टार्स यो सिजनको लिग चरणबाटै घर फर्किएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ४० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक