सधैँ थकित महसुस गर्नुहुन्छ ? यस्ता छन् समाधानका उपाय « Khabarhub

सधैँ थकित महसुस गर्नुहुन्छ ? यस्ता छन् समाधानका उपाय


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसहरुले स्वस्थ जीवनशैल अपनाउँदा पनि शरीर गलित र थकित भएको महसुस गरिरहेका हुन्छन् ।

विज्ञहरुका अनुसार विश्वका दश मध्ये एक जनामा यस्तो समस्या हुने गदर्छ । यसरी कम ऊर्जास्तर हुनुका पछाडि थुप्रै वैज्ञानिक कारणहरु छन् ।

शरीरलाई सन्तुलनमा राख्ने एड्रनलाइन ग्लान्डले पर्याप्त हर्मोन निस्क्रिय नगर्दा यस्तो हुने गर्दछ। त्यसैले ‘एड्रिनलाइन फेटिग’ का कारण शरीरले सन्तुलनमा रहन लगातार संघर्ष गरिरहनुपर्छ जसकारण गुलियो वा नुनिलो खान मन लाग्ने, थकान महसुस भइरहने जस्तो हुने गर्दछ।

भिटमिन बी१२ को कमीका कारण पनि शरीर आलश्य हुने गर्दछ । बी १२ ले हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न सहायता गरिरहेको हुन्छ र ‘रेड ब्लड सेल’ निर्माणमा पनि यसले बढावा दिइरहेको हुन्छ। त्यसैले बी १२ अपर्याप्त हुनुले हामीलाई कमजोर र थकित गराउन सक्छ।

रगतमा रेड ब्लड सेलको उत्पादन अवरुद्ध हुँदा नतिजा स्वरुप ‘हेमोग्लोबिन’ को स्तर कम हुन जान्छ। जसकारण कमजोरी, टाउको दुख्ने, रिंगाटा लाग्ने लगायत एनिमियाका केही लक्षण देखिन्छ। त्यसैले आफ्नो डायटमा अन्डा, माछा, दूध लगायत कायम राख्ने गर्नुपर्छ। यसबाहेक चिकित्सकको सल्लाहमा बी १२ को चक्की पनि सेवन गर्न सकिन्छ।

थकित महसुस गर्नुको अर्को कारण हाम्रो मुखमा हुने फङ्गस, ‘केन्डिडा’ पनि हो जसले पोषक तत्वहरु सोस्न मद्दत गर्दछ भने विभिन्न किसिमको संक्रमण पनि गराउन सक्छ। खानेकुरामा धेरै चिनी वा प्रोसेस गरिएको कार्बोहाइड्रेट, मधुमेह लगायत प्रतिरोघात्मक क्षमता कमजोर हुनुले यस्तो गराउँछ।

लामो समयसम्म दुःखी रहनु, तनावमा रहनुले पनि हामीमा खाना नरुच्ने समस्या गराउन सक्छ। कतिपय मानिस गम्भीर मानसिक तनावकै कारण कुनैपनि कुरामा ध्यान लगाउन सक्दैनन् र तिनमा आफूलाई हानि पुर्याउने किसिमको सोच विकास हुन्छ। यसले हाम्रो निद्रा चक्रमा असर गर्ने हुँदा हरेक क्षण थकाइ लाग्ने हुन्छ। तनावले शारीरिक स्वास्थ्यमा पनि उत्तिकै असर पारिरहेको हुन्छ।

कतिपय अवस्थामा हामीलाई थाहा नभइ शरीर गम्भीर रोगको शिकार भएको हुन सक्छ, जसले पनि ऊर्जाको स्तर कम गराइरहेको हुन्छ । जस्तै हेपटाइटिस, एचआइभी, दम, ल्युपस, क्यान्सर, ‘रेउमाटोइड आर्थिट्रिस’ लगायत रोगका कारण पनि हुन सक्छ। यस्तो अवस्था छ भने तत्काल चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर