यू-१८ साफ च्याम्पियनसिपः आज नेपाल र भुटान भिड्दै | Khabarhub Khabarhub

यू-१८ साफ च्याम्पियनसिपः आज नेपाल र भुटान भिड्दै


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह ‘ए’मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई रहेको छ ।

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।

नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : २१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि