ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब शुरुवात « Khabarhub

ला लिगामा बार्सिलोनाको २५ वर्ष यताकै खराब शुरुवात


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ ।

लियोनल मेस्सी र स्टार किशोर खेलाडी आन्सु फातीसहितको बार्सिलोना शनिबार राति भएको खेलमा ग्रानाडा सँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको हो । पहिलो हाफमा बार्सिलोनाको टिममा मेस्सी र फाती थिएनन् । दोस्रो मिनेटमा नै रामोन अजीजले गोल गर्दै ग्रानाडालाई सुरुवाति अग्रता दिलाए ।

बार्सिलोनाका प्रशिक्षकले दोस्रो हाफमा टिममा मेस्सी र फातीलाई समावेश गरे । तर पनि गोल खायो बार्सिलोनाले । ग्रानाडाका लागि ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा अल्भारो माडिल्लोले गोल गरे ।

लिगमा बार्सिलोनाले पछिल्लो २५ वर्षयताकै खराब सुरुवात गरेको छ । उसले सन् १९९४–९५ सिजन यताकै यस्तो खराब सुरुवात गरेको थिएन । उसले पाँच खेलबाट मात्रै सात अंक जोडेको छ र सातौँ स्थानमा छ ।

जित निकालेको ग्रानाडा पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिडले शनिबार राति नै भएको खेलमा सेल्टा डी भिगोसँग गोलरहित बराबरीमा रोकिएर शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।

अरु खेलमा भिल्ला रियलले रियल भालाडोलिडलाई २–० ले पराजित गरेको छ भने लेभान्टे र एइबरले गोल रहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : २८ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने