मोबाइलमा युट्युब चलेन, यसरी बनाउन सकिन्छ ‘फास्ट’ « Khabarhub

मोबाइलमा युट्युब चलेन, यसरी बनाउन सकिन्छ ‘फास्ट’


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्मार्ट फोन प्रयोगकर्ताहरुका लागि युट्युब अपरिहार्य जस्तै बनेको छ । युट्युबमा दैनिक हजारौंको संख्यामा नयाँ भिडियो अपलोड हुन्छन् । कुनै रमाइलोका लागि त कुनै ज्ञानवर्द्धक सामग्री पस्किएका हुन्छन् ।

युट्युब हेरेर समय बिताउनेको संख्या पनि ठूलो छ । अडियो र भिडियोसहित धेरै कुराको जानकारी लिन युट्युब उपयुक्त माध्यम भएपनि कहिले काहिँ भिडियो अड्किने, स्लो हुने र नचल्ने समस्याले प्रयोगकर्तालाई हैरान बनाइरहेको हुन्छ ।

यदि तपाईले पनि त्यस किसिमको समस्या भोगिरहनु भएको छ यहाँ केही समाधानका उपाय प्रस्तुत गरिएका छन्, जुन तपाइका लागि निकै उपयोगी हुनसक्छ ।

तपाईको फोन, डेक्सटप, ट्याबलेटमा ब्राउजर खोल्नुहोस् । त्यसमा युट्युब खोलेर देब्रे साइडको माथि पट्टी रहेको तीन धर्का भएको मेनुमा क्लिक गर्नुहोस् । स्मार्टफोनमा हो भने हिस्ट्रीमा क्लिक गरि क्लियर ब्राउजिङ डाटा गर्नुहोस् । यदि डेक्सटप चलाइरहनु भएको छ भने, ‘मोर’ टुल्समा क्लिक गरी क्लियर ब्राउजिङ डाटा दबाउनुहोस् ।

एन्ड्रोइड, म्याक र पीसीका प्रयोगकर्ताले समय सिमा छनोट गरि डेटा हटाउन सक्नुहुनेछ । तर, आईफोन प्रयोगकर्ताले भने यो सुविधा पाउने छैनन् । त्यसपश्चात त्यहाँ देखाइएका अप्सनहरु मध्य ‘कुकिज एण्ड साइड डेटा’ वा ‘केच इमेज एण्ड फाइल’ छनोट गर्नुहोस् । अन्त्यमा क्लियर डेटा गरेर युटुबको भिडियो स्लो हुने समस्या कम गर्न सक्नुहुनेछ ।

त्यस्तै युट्युवको क्वालिटी परिवर्तन गरेर पनि स्लो हुने समस्याको समधान गर्न सक्नुहुनेछ । त्यसका लागि युट्युब भिडियो ओपन गरेर भिडियोको दाहिने साइडको माथि कुनामा रहेको तीन प्वाइन्टर गियर आइकनमा क्लिक गर्नुहोस् ।

त्यहाँ दिएको क्वालिटी अप्सनमा क्लिक गरि सबैभन्दा कम क्वालिटी छनोट गर्न सकिनेछ । यसले भिडियो क्वालिटी घट्छ तर भिडियो रोकिने समस्या बन्द हुुन्छ ।

पछिल्लो समय नेटको स्पीड अनुसार युट्युले भिडियोको क्वालिटी अटो मेनेज गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ०९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका