डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यी तरिका अपनाउनुस् « Khabarhub

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यी तरिका अपनाउनुस्


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन ।

खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्नुपर्छ ।

शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा विषेश ध्यान दिनु जरुरी छ ।

हामीले खाएका हरेक खानेकुराका स–साना टुक्रा दाँतमा अड्किएका हुन्छन् । गिजामा टासिएका हुन्छन् । यसको कारण दाँत किराले खाने, गिजा सुनिने, मुखमा घाउ–खटिरा आउने, गिजाबाट रगत आउने जस्ता समस्या देखिन्छन् ।

वीर अस्पलातका कन्सल्टेट डेन्टल सर्जन डा। प्रकाश बुढाथोकीले भन्छन् ‘मुखमा अड्केका खाद्य पदार्थ त्यहि कुहिन्छन् । कुहिएपछि त्यहाँबाट ‘अम्ल’ निस्कने गर्छ त्यसले दाँतलाई कुहियाएर दाँतमा खाल्टो पार्छ र त्यसलाई चिकित्सकको भाषामा क्याभिटि भनिन्छ ।’

उनले दाँत तथा मुखको सफाइबारे जनचेतनाको कमी हुँदा यस्ता समस्या देखिने बताए । जहाँ फोहोर त्यहाँ रोग भनेजस्तै मुख तथा दाँतको समस्याले हाम्रो शरीरको अरु अङ्गप्रत्याङ्ग पनि बिगार्ने उनले बताए ।

हामीले खाना खाँदा सम्म मात्र त्यो खाना हो । जब त्यो हाम्रो दाँतमा अड्केर बस्छ तब त्यो विष बन्छ । त्यसैले दाँतमा अड्किएको फोहोरलाई सफा गर्नको लागि हामीले ब्रसको प्रयोग गर्नुपर्छ । दाँत माझ्नु पर्छ ।

दिनको दुई पटक बिहान खाना खाएपछि र बेलूका खाना खाएपछि दाँत माझ्ने गर्नुपर्छ । अरु बेलामा खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । दाँत माँझ्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ । एक पटकमा चार देखि पाँच मिनेट लगाएर सफा गर्यौ भने मुख तथा दाँतमा हुने ८० देखि ८५ प्रतिशत रोगहरुबाट मुक्त भइने डा. बुढाथोकी बताउँछन् ।

दातलाई स्वस्थ राख्न अति चिसो, अति तातो, अति नरम, अति गुलियो र अति अमिलो खाने कुराहरुलाई नियन्त्रण गर्नुपर्छ । सकेसम्म यस्ता खानेकुरा खान छोड्नुपर्छ । सन्तुलित खाना, हरियो साग–सब्जी, दुध तथा दुधजन्य पदार्थ र रेसा जन्य खानेकुराहरु बढी खाने गर्नुपर्छ ।

उनले दाँतको सुरक्षाका लागि आफूले दाँत माझ्न अपनाएको तरिका, प्रयोग गरेको ब्रस, अपनाएको ब्रसिङ टेक्निक, प्रयोग गरेको मञ्जन, खाएको खाना ठिक छ कि छैन त्यस विषयमा समेत राम्ररी जानकारी लिनुपर्छ । प्रत्येक ६-६ महिनामा आफ्नो दाँत तथा मुखको स्वाथ्य परीक्षण गराउन उनले सुझाए । समस्या शुरुमै पत्ता लागेमा सजिलै रोकथाम हुने अन्यथा स्वास्थ्यमा जोखिम निम्तिने समेत उनले बताए ।

दाँतको रङ पहेलो छ भने ब्लिच गर्दा र पटक-पटक स्केलिङ गर्दा दाँत झनै कमजोर हुने उनले बताए । उनले भने, ‘दाँत माझ्ने बेलामा सामान्य सिद्धान्तहरु पनि अपनाएका हुँदैनौं । नेपालमा ९० प्रतिशत भन्दा बढिले दाँत माझेको समय र तरिका मिल्दैन । दाँत माझ्ने सामान्यभन्दा सामान्य तरिका पनि सबैले थाहा पाएका हुदैनन् ।’

प्रायः मानिसहरुले दिनको एक पटकमात्र दाँत माझ्ने गरेको उनले बताए । जुनबेला फोहोर हुन्छ त्यसबेला दाँत माझ्ने गर्नुपर्छ । दाँत सबैभन्दा बढी फोहोर हुने भनेकै कुनै चिज खाएकै बेला हो ।

ब्रसलाई ४५ डिग्रिमा राखेर दाँत माझ्ने गर्नुपर्छ । ९० देखि ९५ ले प्रतिशतले यो कुरा जानेका छैनन् । नरम किसीमको ब्रस प्रयोग गर्नुपर्छ । उनले भने “कडा ब्रसहरु बोलत सफ गर्न तथा जुत्ता सफा गर्न बनाइएका हुन् दाँतका लागि होइनन्।”

फ्लोराइडी भएको मञ्जन प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ब्रसभरी मञ्जन राखेर मात्रै दाँत सफा हुँदैन । सानो बच्चाहरुलाई सानो केराउको दाना जति मञ्जन राख्ने पुग्छ । ठूलो मानिसका लागि ठूलो केराउको दाना जति ब्रसको माथि राखेर त्यसलाई बुढि औँलाले भित्रसम्मै पुग्ने गरी थिच्नुपर्छ ।

यदि ब्रसको बाहिर मात्र मन्जन रह्यो भने ब्रस पहिला प्रयोग भएको ठाउँमा सकिन्छ । पछि फिज मात्र आउँछ । भित्र थिच्यौं भने जति पटक पटक प्रयोग गर्दा प्रत्यक सतहमा पुग्छ र भित्रको मन्जन बाहिर आउँछ र राम्रोसँग दाँतको सफाइ हुन्छ ।

दाँत दुखेको बेलामा पेन किलर खानु हुँदैन । धेरै पेन किलरको प्रयोगले ग्यासट्रिक बढाउँछ भने कलेजो बिगार्ने सम्भावना अधिक रहन्छ । स्वास्थ्य संस्थामा उपचार नगराई घरमै औषधी खाएर दाँत तथा मुखको उपचार नगर्न डा. बुढाथोकीको सुझाव दिए ।

दाँतको बाहिरी तह इनामेलले बनेको हुन्छ, जुन शरिरको कडा तत्व हो । कुनै कारणबस दाँतमा खिया लाग्यो तथा किराले खायो वा कडा ब्रस प्रयोग गरेर इनामेल गयो भने सामान्य हावा चल्दा पनि दाँत सिरिङ्ग हुने, दाँत टुक्रिँदै जाने समस्या देखिन्छ । त्यसैले दाँत सम्बन्धी समस्या देखिए चिकित्सकको परामर्श लिनु उचित हुने उनी बताउँछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ५९ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका