डोजरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु « Khabarhub

डोजरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा सडक निर्माणमा प्रयो गरिएको डोजरले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।

बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका ४ वर्षीय छोरा रोजन खड्कालाई डोजरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए ।

मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा ३ क १२०६ नम्बरको जेसिबी ब्याक लोडर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ३९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि