खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु « Khabarhub

खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्सामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बहादुरमाई नगरपालिका–२ बैरियाका ३५ वर्षी माधव राम छन् ।

पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

स्थानीयहरुले उद्दार गरी उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा पठाएकोमा उपचारकै क्रममा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, पर्साको वीरगन्जमा करेन्ट लागेर १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–२ घर भएकी २४ वर्षीया अनिता देबी छन् ।

वीरगन्जस्थित आफ्नै कोठामा करेन्ट लागेर घाइते भएकी अनिताको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : २६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि