गुन्द्रुकको इतिहास– कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान बन्यो ? « Khabarhub

गुन्द्रुकको इतिहास– कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान बन्यो ?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गुन्द्रुक । अन्तर्राष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ । भनिन्छ, जहाँ नेपाली पुग्छन्, त्यहाँ गुन्द्रुक पनि पुग्छ !

हरेक नेपालीको ‘प्रिय’ तरकारी गुन्द्रुक यहाँसम्म कसरी आइपुग्यो त ? अर्थात् एउटा हरियो सागलाई कसरी कसैले गुन्द्रुकजस्तो ‘तरकारी’ बनाउने विधि पत्ता लगायो ?

इतिहासकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरणका क्रममा भएका युद्धसँग जोड्छन् ।

गोरखाका राजा पृथ्वी नारायण शाहले पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपुरेहरुको बारीमा लहलह साग थियो रे ! कीर्तिपुरेहरुले साग टिप्न पाएका थिएनन्, गोरखालीहरुले आक्रमण गरिहाले ।

आफूमाथि आक्रमण भएपछि कीर्तिपुरेहरु पनि प्रतिकारमा उत्रिनु पर्‍यो । प्रशस्त सैन्य शक्ति नभएको अवस्थामा कीर्तिपुरका महिलादेखि बालबच्चा सबैले युद्धमा भाग लिनु पर्‍यो । आफूहरुले युद्धमा गएको बेला बाहिरका व्यक्ति आएर खानेकुरा, साग चोरीदेलान् भन्ने डरले कीर्तिपुरेहरुले जुक्ती लगाए– खाद्यान्नसहित सागपात खाल्डोमा पुरेर युद्ध गर्न जाने !

त्यसपछि बारीमा लहलह फलेको साग टिपेर सबैजनाले खाल्डोमा पुरे ।

जब युद्धबाट फर्किएर आए, सबैजनाले खाल्डो उधिनेर लुकाएको खाद्यान्न बाहिर निकाले ।

बाहिर निकालिएको खानेकुरामध्ये धानचामल लगायतको अन्न त पकाउन सकिने अवस्थामै थियो । तर, लुकाएको साग भने खाल्डोमै गलेर काम नलाग्ने अवस्थामा पुग्यो ।

कीर्तिपुरेहरुले केही दिन भोक टार्नका लागि तरकारीविनै भात–रोटी खाए । तर, केही दिन पछि त तरकारी आवश्यक पर्‍यो ।

खाल्डोबाट निकालिएको साग बारीमा फिँजाएर त्यत्तिकै राखिएको (फालिएको) थियो । खाल्डोमा राख्दा गलेर काम नलाग्ने अवस्थामा पुगेको साग बारीमा फालिएको अवस्थामा घामले सुकेर कक्रक्क परेको थियो । पछि केहीले बारीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थाले ।

अलिकति अमिलो–अमिलो, तर असाध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै कीर्तिपुरमा चर्चा पायो ।

कलान्तरमा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपालीको एक मौलिक परिकार बन्न पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : २१ बजे

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६