चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल शुरु गरेका छन् ।

आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि गृहमन्त्री थापाले सुरक्षा प्रमुखहरुको बैठक बोलाएका हुन् ।

गृहमन्त्री थापाले बोलाएको बैठकमा नेपाली सेनाका उच्च अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार केही समय अगाडिदेखि सुरक्षा प्रमुखहरुको बैठक गृह मन्त्रालयमा शुरु भएको हो ।

बैठकमा राष्ट्रपति सीको सम्भावित भ्रमण केन्द्रित सुरक्षा रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

गृहमन्त्री बादलले बोलाएको बैठकमा गृहसचिव प्रेमकुमार राई पनि सहभागी छन् ।

चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता नेपालको भ्रमण गर्ने जनाइएको छ ।

राष्ट्रपति सीको भ्रमण र सुरक्षा व्यवस्थापनको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत यान्छी आइतबार गृहमन्त्री बादललाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् ।

राजदूत यान्छीसँगको भेटवार्ता पछि गृहमन्त्रीले आकस्मिक सुरक्षा बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रपति सीको संभावित भ्रमणको तयारी र सुरक्षा रणनीतिको प्रारम्भिक तयारीबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

‘यो बैठकमा ४ वटै सुरक्षा निकायको जिम्मेवारी र सुरक्षा रणनीतिका समयमा निर्वाह गर्न सकिने भूमिकाका बारे छलफल हुने छ,’ गृह मन्त्रालयले स्रोतले भन्यो, ‘सुरक्षा रणनीतिलाई अन्तिम रुप दिन अर्को बैठक बस्न सक्छ ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ५३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका