वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह | Khabarhub Khabarhub

वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।

केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।

भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु¥याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।

घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के के गर्नु हुँदैन ?

१. घरको ईशान नैऋत्य कोणलाई सफा तथा हलुका सामान राखे राम्रो लाभ मिल्छ ।
२. यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नुहुँदैन ।
३. यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्टका बोरा, ढुंगा, फलाम लगायतका सामाग्रि राख्नुहुँदैन ।
४. जुनसुकै अवस्थामा पनि यस दिशामा शौचालय बनाउनु हुँदैन । अन्यथा घरमा कलह हुन्छ ।
५. इशान नैऋत्य कोणमा शौचालय भएमा सन्तान अपांग हुने, वंश वृद्धिमा समस्या हुने बताइन्छ ।
६. यी दिशामा फोहोरजन्य सामग्री हुँदा सन्तानमा दुष्चरित्रता र दीर्घरोगको समस्या देखापर्छ ।
७. घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने हुन्छ ।
८. घरको उत्तर पूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन साथै कुनै भग्नावशेष समेत राख्नु हुँदैन ।
९. यस कोणमा भान्साघर समेत बनाउनु हुँदैन । यसले हानी गर्छ ।

इशान दिशामा के गर्ने ?

घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ । मन्दिरमा भगवान स्थापित गरँई नियमित पुजा गर्नुपर्दछ ।

उत्तरपूर्वी दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव हुनुपर्दछ । यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नुपर्दछ । त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्दछ ।

इशान कोणमा के हुन्छ ?

यदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ । विद्यालय छ भने विद्यँर्थीहरु पढ्न मन गर्छन् । यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन् । यस ठाउँमा ब्यवसाय, व्यापार गर्दा आर्थिक लाभ हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ०८ बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र