करिश्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि « Khabarhub

करिश्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सदावहार अभिनेत्री करिष्मा मानन्धरलाई ‘आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ को उपाधिबाट सम्मानित गरिएको छ । रिबन इन्टरटेनमेन्टले शनिबार विवाहित महिलाबीच गरेको सौन्दर्य प्रतियोगितामा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशन उपाधि प्रदान गरेको हो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति र अभिनेता राजेश हमालले मानन्धरलाई क्राउन लगाइदिए । अभिनेत्री मानन्धरले यो पललाई अमूल्य समय भएको बताएकी छिन् ।

प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौलले हात पारिन् भने महोत्तरीकी रंगीना लाईकग्बमाई ‘एमएस नेपाल इन्टरनेशनल २०१९’ को उपाधि प्रदान गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा उपाधि जितेकी भाविषालाई स्कुटर प्रदान गरियो ।

विभिन्न पेशामा आवद्ध ३० जना विवाहित महिलाबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा रोजिना भट्टराई फर्स्ट रनर्स अप, स्नेहा राउत थापा सेकेन्ड रनर्स अप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस घोषित भए ।

प्रतियोगितामा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायक रहेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : १७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका