महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै « Khabarhub

महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न दक्षिण एशियाली खेलकुद (साग) र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ चार बजे खेल्दैछ ।

नेपालले यसअघि युनिभर्सिटी टिमसँग र बैकक युनिभर्सिटी टिम विरुद्ध जित निकालेको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले पहिलो खेलमा २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हरायो ।

यस्तै बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको हो । नेपालले युनिभर्सिटी टिमलाई २५-२१, २४-२६, २५-१६ र २५-१९ को सेटमा पराजित गरेको थियो ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ ।

यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु मैदानमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ४९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक