वालेन डी’ओर अवार्ड छैटौं पटक चुम्ने दाउमा मेस्सी र रोनाल्डो (पहिलो चरणको सूचीसिहत) « Khabarhub

वालेन डी’ओर अवार्ड छैटौं पटक चुम्ने दाउमा मेस्सी र रोनाल्डो (पहिलो चरणको सूचीसिहत)


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्षको वालेन डी ओरको प्रारम्भिक सूचीमा सार्वजनिक भएको छ । जसमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका ६ खेलाडी परेका छन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचीमा अटाएका छन् ।

पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् । रोनाल्डो र मेस्सी दुबै छैटौं पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् ।

केही चर्चित खेलाडी भने प्रारम्भिक सूचीमा अटाएका छैनन् । गत सिजनका विजेता लुका मोड्रिचले पनि स्थान बनाउन सकेका छैनन् । त्यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचीमै अटाउन सकेका छैनन् ।

गएराति सार्वजनिक गरेको पहिलो चरणको सूचीमा सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस,रियाद महरेज रहेका छन ।

यस्तै केलीयन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनीयो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्ट्रलिङ पनि पहिलो चरणमा स्थान बनाउन सफल भएका छन ।

पहिलो चरणको सूचीका को को परे ?

साडीयो माने, भिरगिर भान डायक, रोबेर्टो फरमिन्हो, ट्रेन्ट एलेजान्देर अर्नोल्ड, जिगगिन्हो विज्नाल्डम, माहम्मद सलाह (लिभरपुल)

सर्जियो अगुइरो,बर्नान्डो सिल्भा, केभिन डी ब्रुइन, रियाद महरेज, रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी)

फ्रेंकी डी जोङ, मार्क एन्द्रे तेर, लियोनल मेस्सी, एन्टोइन ग्रिजम्यान ( बार्सिलोना)

क्रिस्टियोनो रोनाल्डो, माटिज डी लिग्ट (युभेन्टस)

करिम बेन्जिमा, इडेन हाजार्ड (रियल मड्रिड)

जोओ फलिक्स (एट्लेटिको मड्रिड)

हुगो लोरिस, सन हुङ मिङ ( टोटनह्याम)

केलियन एम्बाप्पे, माक्विन्होस (पीएसजी)

डोनी भान डी बीक (आयाक्स)

कालीडोउ काउलीबाली (नापोली)

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ०६ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस