किशोरीहरु नेतृत्वका लागि तयार हुनुपर्छ– मन्त्री थापा « Khabarhub

किशोरीहरु नेतृत्वका लागि तयार हुनुपर्छ– मन्त्री थापा


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छिन् ।

लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा उनले भनिन् “विगतमा राजनीति गर्ने महिलाले गरेको मेहनत र बगाएको पसिनाका कारण आज राजनीतिक आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा महिलाको नेतृत्वमा वृद्धि भएको छ ।”

मन्त्री थापाले सामाजिक समस्या निराकरणका लागि प्रभावकारी भूमिका निर्वाह गरेर भोलिका नेतृत्वका लागि तयार हुन किशोरीहरुलाई आग्रह गर्दै लैङ्गिक समस्या समाधानका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण हुने बताइन् ।

किशोरी सञ्जालकी अध्यक्ष महिलाहरु घरको काममा मात्र सीमित नभएर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्ने बताए

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउन लागेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ५५ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा