भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ « Khabarhub

भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सो क्रममा खोजतलास गर्दै जाँदा ज१च १२०१ नंको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : ५८ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा