ह्याप्पी तिहारका गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा « Khabarhub

ह्याप्पी तिहारका गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देउसी भैलो गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाकाअनुसार, थापालाई अहिले टेकुमा राखिएको छ । तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानुन अनुसार कारवाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई बोलाएर नियन्त्रणमा लिएको हो ।

सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।

सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको छ ।

गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १२ : ५७ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा