गाभिएका म्यानपावरलाई विवरण बुझाउन विभागको निर्देशन « Khabarhub

गाभिएका म्यानपावरलाई विवरण बुझाउन विभागको निर्देशन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले आवश्यक जानकारी उपलब्ध गराउन ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ ।

गत भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई सात दिनभित्र आफ्नो संस्थासँग सम्बन्धित सबै जानकारी सहित सञ्चालक र कर्मचारीहरुको विवरण अध्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै सात दिनभित्र विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको छ ।

विभागले म्यानपावर कम्पनी अंग्रेजी र नेपाली भाषामा संस्थाको नाम र लाइसेन्स नम्बर, संस्थाको ठेगाना, ल्याण्डलाईन नम्बर र मोबाइल नम्बर, इमेल ठेगाना, सञ्चालकको संख्या र गाभिएका म्यानपावर कम्पनीहरुको विवरण पेश गर्न भनेको छ ।

यस्तै विभागले सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

विभागले कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्न भनेको छ ।

विभागले उल्लेख गरे अनुसारको विवरण तयार पारेपछि विभागको इमेलमा विद्युतीय प्रति पेश गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना