रत्ननगर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई « Khabarhub

रत्ननगर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहोर सङ्कलनको काम शुरु गरेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहोर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्काली माई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेलले जानकारी दिए ।

प्रालिले कात्तिक १ गतेबाट फोहोर सङ्कलनको काम शुरु गरेको छ । कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहोर सङ्कलनको जिम्मेवारी दिएको उनले जानकारी दिए ।

रत्ननगरमा दैनिक करिब २५ टन फोहोर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहोर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहोरलाई वर्गीकरण गर्ने, सडने र नसड्ने छुट्याएर सड्ने फोहोरबाट प्राङ्गारिक मल र नसड्ने फोहोर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करिब रु एक करोड खर्च हुँदै आएको छ ।

नगरपालिका प्रमुख नारायण वनले फोहोरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताए । निजी क्षेत्रलाई फोहोरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिक रुपमा रु ७८ लाख वचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै