अबको केही समयभित्र मलेसिया रोजगारी खुल्छ–राजदूत पाण्डे | Khabarhub Khabarhub

अबको केही समयभित्र मलेसिया रोजगारी खुल्छ–राजदूत पाण्डे


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोजगारीका लागि मलेसिया जान विगत ९ महिनादेखि बन्द छ । जसका कारण धेरै नेपालीको रोजगारीसमेत गुमेको छ ।  नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको रुपमा रहेको मलेसियामा रोजगारीमा जान बन्द भएपछि धेरै नेपाली समसयामा परेका छन् । यो समस्या समाधानका लागि सरकारी तवरबाट कुटनीतिक पहलको माग भइरहेको छ ।

अहिले मलिसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे छन् । उनले दुई देशबीच श्रम सम्झादारीमा उल्लेख भएका विषयमा टेकेर मलेसियामा कुटनीतिक पहल गर्न बताएका छन् ।  मलेसिया जाने कामदारमाथि हुँदै आएका सवै आर्थिक शोषण र सिण्डिकेटको अन्त्य गर्न राजदूत पाण्डेले बताएका छन् ।

रोजगारीका विषयमा मलेसियासँग देखिएको समस्या, नेपाली कामदारका समस्या लगायत समसामयीक विषयमा खबरहबकर्मी रमेश भारतीले मलेसियाका लागि नवनियुक्त राजदूतउदयराज पाण्डेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

मलेसियाका लागि नेपाली राजदूतका रुपमा कसरी काम योजना बनाउनु भएको छ ?

मलेसिया नेपालसँग हावापानी र वातावारण मिल्ने देश हो । त्यही भएर मलेसिया नेपाली श्रमिकका लागि आकर्षक रोजगार गन्तव्य देश भित्र पर्छ । मलेसियामा धेरै नेपाली रोजगारी तथा अन्य पेशा गरेर बसेका छन् । रोजगार तथा अन्य पेशामा संलग्न नेपाली नागरिकको रोजगार अधिकार सुरक्षा, समस्या र हकहित स्थापित गर्न मलेसिया राजदूतावासले काम गदै आएको छ ।

आगामी दिनमा नयाँ योजना र संरचना निर्माण गरेर काम गर्न मैले पहल गर्ने छु । मलेसिया रहेका नेपाली कामदारका समस्या पहिचान गरेर समाधान गर्न दूतावास लागि पर्ने छ । त्यहाँ पेशा व्यवसाय गरेर बसेका नेपालीसँग छलफल गरेर व्यापार तथा अन्य आर्थिक सम्भावनाका क्षेत्र पनि खोजिने छ । दूतावासले मलेसियामा रहेका नेपाली नागरिक अविभावक भएर काम गर्नेछ ।

मलेसियामा नेपाली श्रमिकको अवस्था कमजोर रहेको, दलालबाठ ठगीने गरेका समाचारहर आइरहन्छन्, राजदूतको रुपमा तपाईको के पहल रहन्छ ?

मलेसियामा धेरै नेपाली कार्यरत छन् । वार्षिक लाखभन्दा धेरै नयाँ श्रम स्वीकृति लिएर रोजगारीका लागि त्यहाँ जाने गरेका छन् । गत वर्षको जेठ महिनादेखि नयाँ श्रम स्वीकृति लिएर मलेसिया रोजगारीका लागि जाने प्रक्रिया बन्द छ । जसका कारण यो वर्ष मलेसिया जाने कामदारको संख्या कम हुन्छ होला । मलेसिया धेरै नेपालीले राम्रै रोजगारी पाएका छन् । केही साना तथा मझौला कम्पनीमा काम गर्न गएका कामदारले समस्या र दुःख पाएका छन् । यो विषयमा दूतावासले गम्भीर काम गर्न छ ।

मलेसियामा ५ लाख नेपाली रोजगारीमा कार्यरत छन् । जसमा करिब एक लाख श्रम अवधि सकिएपनि अवैधानिक ढंगले काम गरेर बसेका हुनसक्ने अनुमान नेपाल सरकारको अनुमान छ । रोजगारदाता कम्पनीमा शरण लिएर अवैधानिक ढंगले काम गरिरहेका नेपाली कामदार फकाउन प्रयास गर्ने छु । नेपाली कामदारमाथि ठगी गर्ने एजेन्ट र अन्य व्यक्तिलाई दूतावासले निगरानी गदै कानूनी कारवाहीका लागि सरकारलाई सिफारिश गर्ने छ ।

मलेसिया रोजगारीका लागि नेपाली कामदारजाने प्रक्रिया ९ महिनादेखि बन्द छ । त्यहाँको रोजगारी सुचारु गराउन तँपाईको भूमिका कस्तो रहन्छ ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ जेठ २ गते नेपाली कामदारमाथि सिन्डिकेट लगाएर आर्थिक शोषण गर्दै आएका विभिन्न संस्था खारेज गर्न निर्णय गरेपछि मलेसियाको रोजगारी बन्द छ ।

बायोमेट्रिक, भिएलएन, जिएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रूपमा ठगी गरेको भन्दै मन्त्रालयले मलेसियाको रोजगारी बन्द गरेको थियो ।

मलेसियाको रोजगारी खुलाउन मलेसियामा रहेको नेपाली राजदूतावासले अहिले आवश्यक छलफलसहित गृहकार्य गरिरहेको छ । यसमा मैले थप कुटनीतिक पहल गर्नेछु । नेपालले मलेसिया जाने कामदारमाथि भइरहेको ठगी अन्त्य गदै खोजेको विषयमा रोजगारदातालाई बुझाउन प्रयास गर्ने छु ।

सरकारीस्तरमा श्रम सम्झौता भएपनि मलेसियाको रोजगारी किन खुल्न सेकन ?

नेपाल र मलेसिया सरकारबीच गत कार्तिक १२ गते श्रमिक आपूर्ति गर्न विषयमा दुईपक्षीय श्रम सम्झौता भएको थियो । त्यसपछि कामदार पठाउनका लागि पहल भइरहेको छ ।

पछिल्लो समय मलेसियाले विदेशी कामदार रोजगारीका लैजान प्रक्रिया नै बन्द गरेको छ । नेपालले कामदार पठाउने प्रक्रिया बन्द गरेको होइन । श्रम मन्त्रालयले मलेसिया कामदार पठाउन बन्द गर्‍यो भनेर हल्ला फैलाउने काम भइरहेको छ ।  रोजगारीका लागि मलेसिया भित्रने विदेशी कामदारमाथि आर्थिक शोषणमा पर्ने गरेको भन्दै मलेसिया सरकारले नै विदेशी कामदार लैजान तत्कालका लागि बन्द गरेको हो ।

मलेसियाले नेपालबाट मात्र होइन अन्य देशबाट पनि विदेशी कामदार ल्याउने प्रक्रिया बन्द गरेर विदेशी कामदारसम्बन्धी आवश्यक कानून र नयाँ भ्यान्डर निर्माण गरिरहेको जानकारी गराएको छ । अब केही समयभित्र मलेसियाको रोजगारी खुल्छ । मलेसियाको प्रथामिकतामा नेपाली कामदार परेका छन् । नेपाली युवा मलेसियाली रोजगारदाताहरुको रोजाईमा परेका कारण मलेसियाको रोजगारीमाथि शंका गर्नुपर्ने अवस्था छैन । सरकारीस्तरमा सम्बन्धीत निकायसँग छलफल भइरहेका कारण चाँडै निकास आउँछ ।

मलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाउन ठूलो चलखेल भइरहेको छ । यो विषयमा तपाईंको बुझाई कस्तो छ ?

रोजगारीका लागि मलेसिया जाने कामदारका विषयमा सरकारीस्तरमा भएका श्रम सम्झौतामा प्रष्ट खुलाइएको छ । जसका कारण जति सुकै सिण्डिकेटधारीले प्रयास गरेर पनि अब सिण्डिेकट लगाएर त्यहाँ जाने कामदारलाई ठगि गर्न सक्ने अवस्था छैन ।

मलेसिया सरकारले पनि विदेशी कामदार रोजगारीमा लिदाँ आवश्यक पर्न प्रष्ट नीति बनाइरहेकाले नै यो सम्भव देखिदैन । स्वास्थ्य परीक्षा तथा मलेसिया जादाँ आवश्यक प्रक्रियाका विषयमा सरकारीस्तरमा श्रम सम्झौता हुदाँ प्रष्ट खुलाइएको छ । नेपाली कामदारमाथि ठगी गर्न एजेन्ट र अन्य व्यक्तिलाई दूतावासले निगरानी गदै कानूनी कारवाहीका लागि सरकारलाई सिफारिश गर्न छ ।

नेपाली श्रमिकको समस्या बुझन दूतावास रोजगारदाता कम्पनीसम्म पुग्दैन भने सम्बन्धीत देशका कामदारको गुनासो छ । आगामी दिनमा यो विषयलाई कसरी सम्वोधन गर्नुहुन्छ ?

विगतमा के भए के–कस्ता समस्या थिए । त्यस्ता कमीकम्जोरीको अन्त्य गदै नयाँ तरिकाले आगमी दिनमा काम गरिने छ । अब दूतावासले सूचना प्रविधिमार्फत पनि मलेसिया रहेका नेपाली कामदारको समस्या समाधान गर्न लागि पर्ने छ ।  नेपाली कामदारलाई केही समस्या भए अन्तर्राष्ट्रिय श्रमिक सगठन (आइएलो) को कानुनी प्रक्रियाअनुसार त्यहाँको सम्बन्धीत निकायसँग सहकार्य गरेर उद्धारका लागि पहल गरिने छ ।

अब नेपाली श्रमिक कार्यरत रोजगारदाता कम्पनीमा दूतावासको उपस्थीति अनिवार्य हुन्छ । ढुक्क भए हुन्छ नेपाली श्रमिक कार्यरत कम्पनीमा राजदूतसहित दूतावासका कर्मचारी आउँछन् । मलेसिया सरकारसँग सहकार्य गरेर नेपाली कामदार कार्यरत कम्पनीमा अनुगमन दूतावासले गर्न छ ।

नेपाल सरकारले लागू गरेको फ्रि भिसा र टिकटको सन्देश मलेसियाका हरेक रोजगारदाता कम्पनीमा जानकारी दूतावासले गराउने छ ।दूतावासका तर्फबाट पाउने सवै सुविधा र सेवा श्रमिकलाई दिन कन्जुस्याइ गरिने छैन । मलेसियासँग श्रम सम्झौता हुँदा निःशुल्कदरमा कामदार पठाउने सहमति भएको छ । सोही अनुसार नेपाली कामदारले मलेसिया जान पाउने वातावरण निर्माण हुन्छ ।

मलेसियाका जेलमा धेरै नेपाली छन् । जेलमा रहेका नेपालीलाई छुटाउन दूतावासले के पहल गर्छ ?

मलेसियाका जेलमा रहेका नेपाली कामदारको तंथ्याक संकलन गर्न काम भइरहेको छ । कस्तो मुद्धामा जेल परेका छन् । मुद्धाको प्रकृति हेरर कुटनीतिक पहलबाटै छुटाउन सकिने रहेछ भने विषेश पहल गर्छु ।

हाल मलेसियाका विभिन्न जेलमा करिब २ सय ६ जना नेपाली रहेको आधिकारिक तंथ्याक दूतावासले संकलन गरेको छ । भने, घरफिर्ती केन्द्रमा करिब १ सय ६ जना नेपाली छन् । उनीहरुलाई फकाउने र छुटाउने प्रयास हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत आर्थिक वर्षदेखि विदेशमा कैदी जीवन बिताइरहेका कामदारलाई कानूनी परामर्शका लागि सहयोग सुरु गरेको छ । जसअनुसार कानूनी परामर्शमार्फत् जेल जीवन बिताइरहेका कामदारको उद्धार गर्न सहयोग पुग्ने बोर्डले कामलाई अझ फरकिलो बनाउँदै जान प्रयास दूतावासले गर्न छ ।

मलेसियामा धेरै नेपाली कामदारले भिसा नवीकरण नगरी काम गरिरहेका कारण पनि जेलमा पर्ने गरेका छन् भने सुनेका छु । यो समस्या अन्त्यका लागि पहल गर्न छु । अवैध कामदारलाई स्वदेश फकाउनका लागि जोड गर्ने छु ।

मलेसियासँग नेपालका आर्थिक र व्यापारमा कस्ता–कस्ता सम्भावना छन् देख्नुभएको छ ?

मलेसिया सरकारसँग श्रमिकका मात्र होइन आर्थिक लगानी र नेपालमा उत्पादित समान निर्यातका लागि कुटनीतिक र आवश्यक पहल दूतावासका तर्फबाट हुनेछ । मलेसियाले नेपालमा पर्यटन, प्रविधि, कृषि र उद्योगमा लगानी गर्न इच्छा देखाउँदै आएको छ । यो विषयमा दूतावासले नेपाल र मलेसिया सरकारबीच मध्येमार्गी भएर काम गर्न छ । मलेसियाको लगानी नेपाल भित्र्याउन दूतावासको पहल रहन्छ । भने, नेपालमा उत्पादित कृषि लगायत अन्य समान मलेसिया निर्यातमा जोड गरिने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ३५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको