आजको मौसम : वर्षा र हिमपातको सम्भावना (३ दिने पूर्वानुमानसहित) « Khabarhub

आजको मौसम : वर्षा र हिमपातको सम्भावना (३ दिने पूर्वानुमानसहित)


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान

मंसिर७ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदली र अन्य भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ। ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : १३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको