मेडिकल कलेजले अझै फिर्ता गरेनन् अतिरिक्त शुल्क « Khabarhub

मेडिकल कलेजले अझै फिर्ता गरेनन् अतिरिक्त शुल्क


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता दिन सरकारले दिएको १५ दिने समयसीमा सकिन चार दिन बाँकी मात्र बाँकी छ ।

मेडिकल कलेजहरूले शुल्क फिर्ता गर्न अटेर गरिरहेका छन् भने विद्यार्थीहरू माग पूरा गराउन सडकमा पोखिएका छन् ।

नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल साइन्सेज भैरहवा, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजलगायतका कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भए पनि कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरिरहेका छन् ।

नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजमा समेत ८ लाख रुपियाँसम्म अतिरिक्त शुल्क लिएको विषय सार्वजनिक भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले १५ दिनभित्र विद्यार्थी र मेडिकल कलेजबीच सहमति गरी समस्या समाधान गर्न निर्देशन दिएको र त्यसबारेमा मन्त्रालयले अनुगमन गरिरहेको जानकारी दिए ।

उनले १५ दिनभित्र मेडिकल कलेजहरूले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न चासो नदिए सम्बन्धित विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने बताए । उनले विद्यार्थीको उजुरीपछि सम्बन्धित मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही हुने जानकारी दिए।

मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक अन्य शीर्षकमा २२ लाख रुपियाँसम्म बढी शुल्क असुलेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ५२ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर