बेंसीसहर खानेपानी आयोजना अन्तिम चरणमा « Khabarhub

बेंसीसहर खानेपानी आयोजना अन्तिम चरणमा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेंसीसहरवासीलाई शुद्ध पिउने पानी खुवाउनका लागि निर्माण थालिएको भाचोकखोला खानोपानी आयोजनाको ९० प्रतिशत निर्माणकार्य पूरा भएको छ । बाँकी काम एक महिनामा सकेर मंसिरभित्रै जिल्ला सदरमुकामका उपभोक्ताले शुद्ध पिउनेपानी पाउने भएका हुन् ।

भाचोकखोला खानोपानी आयोजना जिल्लाकै सबैभन्दा ठूलो खानेपानी योजना मानिएको छ, जुन १७ करोड लगानीमा सम्पन्न गर्नेगरी निर्माणकार्य चलिरहेको बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए । उनले भने, ‘बेंसीसहरका उपभोक्तालाई मंसिर महिनाभित्र शुद्ध खानेपानी उपलब्ध हुन्छ ।’

खानेपानी आयोजना बेंसीसहर नगरपालिका–१० भाचोक खोलाबाट ल्याइएको हो, जसको दूरी ६ किलोमिटर रहेको छ । उक्त आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको प्रधानले बताए ।

बेंसीसहर सहलगानी खानेपानी तथा सरसफाइ (भाचोक खोला मुहान) आयोजना जिल्लाकै नमुना र आधुनिक आयोजना भएको संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना लमजुङका आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताए । उनका अनुसार यो आयोजना सम्पन्न भएसँगै बेंसीसहरका उपभोक्ताले शुद्ध पानी पिउन पाउनेछन् । भाचोकखोलाबाट बेंसीसहरमा पानी ल्याउनका लागि मस्र्याङ्दी नदीबाट पाइप क्रसिङ गर्न करिब ३५ लाखमा छुटै झोलुंगे पुलसमेत निर्माण गरिएको काफ्लेले जानकारी दिए ।

आयोजनाको इन्टेकको काम सम्पन्न भएको र पानी प्रशोधन केन्द्रको काम ९८ प्रतिशत पूरा भएको छ । सो आयोजना सुचारु गर्नका लागि ९ लाख लिटरका तीनवटा पोखरी निर्माण गरिएको छ । ती पोखरीको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । मुख्य खानेपानीको लाइन जडान कार्य तथा बेंसीसहरमा शाखा लाइन विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।

भाचोक खोला खानेपानी आयोजना सम्पन्न भएपछि बेंसीसहरवासीका लागि आउँदो २० वर्षसम्मका लागि पिउनेपानीको कुनै समस्या नहुने बताइएको छ । भाचोक खोलाबाट प्रतिसेकेन्ड २५ लिटर पानी बेंसीसहरमा आइपुग्नेछ ।

२०७४ साउनबाट निर्माण कार्य सुरु गरिएको आयोजना २०७६ असार मसान्तमा सम्पन्न गर्नुपर्नेगरी ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले सम्झौता गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः ६ महिनाको म्याद थप गरी आगामी १८ पुससम्मका लागि म्याद थप गरिएको छ । सो अवधिभित्रै खानेपानी योजनाको फिनिसिङको कार्य सबै सम्पन्न हुनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

कुल ४० हजार जनसंख्या रहेको बेंसीसहर बजारका उपभोक्ताका लागि आयोजना बनेपछि हिउँद बर्खा पानीको समस्या नहुने सुनिश्चित भएको बेसीशहर नगरपालिका नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : २८ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने