नेपालका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच « Khabarhub

नेपालका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ ।

सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि सयमध्ये ७० परिवारले काठमाडौं र अन्य प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेछन् ।

सर्वेक्षणअनुसार करिब ६७ प्रतिशत घरपरिवारले दिनको कम्तीमा आठ घन्टा बिजुलीमा अविरल पहुँच पाएका छन् । यसले गर्दा घरेलु उपकरणहरू प्रयोग गर्न सस्तो र भरपर्दो भएको छ । समग्रमा ७१ दशमलव ७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट बिजुली पाइरहेको र २३ प्रतिशतले माइक्रो वा मिनी हाइड्रो तथा सौर्य ऊर्जा जडान गरेका छन् ।

‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय ऊर्जा सेवाहरूको पहुँच प्रदान गर्नु सरकारको उच्च प्राथमिकतामध्ये एक हो । सन् २०२३ सम्ममा १०० प्रतिशत ऊर्जा पहुँच पुर्‍याउन काम गरिरहेका छौं,’ ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने ।

नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच. हदाद जर्भोसका अनुसार २०१७ को सर्वेक्षण पछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको छ ।

सन् २०१८ देखि मुलुक लोडसेडिङमुक्त भएको छ । ‘हामी नेपालले गरेका यी उपलब्धिमा गौरवान्वित छौं । प्रकाश र सफा कुकिङका लागि ऊर्जा सेवाको गुणस्तर सुधार गर्न र नेपालीको जीवनलाई अझ राम्रो बनाउन सरकारसँग साझेदार भएकोमा हामी गर्व गर्दछौं,’ उनले भने ।

नेपाल राष्ट्रिय घरेलु स्तरको सर्वेक्षण ऊर्जा पहुँचसम्बन्धी विश्व सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम (ईएसएमएपी)को सहयोगमा चलाइएको बहुस्तरीय फ्रेमवर्क (एमटीएफ) दृष्टिकोणमा निर्भर गर्दछ । बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि स्वच्छ कुकिङ नेपालका लागि चुनौती नै छ ।

‘आगामी दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेछ, सरकारले सफा कुकिङ समाधानमा बढी जोड दिनेछ र हरेक घरमा एउटा बिजुली चुल्हो प्राप्त गर्ने लक्ष्य राख्नेछ,’ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ४३ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक