महाराष्ट्रमा फेरि भाजपा, देवेन्द्र फडणवीसले लिए सपथ « Khabarhub

महाराष्ट्रमा फेरि भाजपा, देवेन्द्र फडणवीसले लिए सपथ


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ । राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी मार्दै महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले सपथ लिएका छन् ।

एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको सपथ लिएका छन् ।

एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो ।

तीन पार्टीबिच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो । तर रातभरमा घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा सपथ लिएका हुन् । शिव सेनाका उद्धव ठाकेर मुख्यमन्त्री बन्ने संघारमा पुगेर एनसिपीले धोका दिँदा जिल्लिएका छन् ।

हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।

सपथ ग्रहणको केहीबेर पछि नै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन् । दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।

सपथपछि मुख्यमन्त्री फडणवीसले आफूहरुसँग मिलेर चुनाव लडेको शिव सेनाले जनादेशको अनादर गरेको बताए । महाराष्ट्रमा स्थायी सरकारको चाहना भएकाले एनसिपी आफूहरुको साथमा आएको उनले उल्लेख गरेका छन् ।

उपमुख्यमन्त्रीको सपथ लिएका अजित पवारले पनि महाराष्ट्रका समस्या समाधानका लागि स्थायी सरकार चाहिएको र त्यसकै लागि आफूहरुले भाजपासँग मिलेर सरकार बनाएको बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ५४ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार