सिगास गाउँपालिकाका सबै वडा सचिवबिहीन « Khabarhub

सिगास गाउँपालिकाका सबै वडा सचिवबिहीन


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

सचिवबिहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

साविकको ६ गाविसका ६ प्राविधिक सहायकलाई नौवटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीनजनाले दुई वडा र अन्य तीन जनाले एक–एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीबिहीन भएका हुन् ।

वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताइन् । गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १० : ३० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या