१३ औँ साग : ८ खेलमा ६६२ खेलाडी सहभागी हुने « Khabarhub

१३ औँ साग : ८ खेलमा ६६२ खेलाडी सहभागी हुने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मंसिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ ।

जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए ।

प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदैछन् ।

मालदिभ्स्ले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाँच खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता रहेको छ । भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदैछ । भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदैछन् ।

बङ्गलादेशबाट ६ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल छन् । बङ्गलादेशले महिला फुटबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनबाहेकका प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदैछ ।

श्रीलङ्काले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ । भुटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । भुटानबाट चार खेलका लागि पुरुष १४, महिला छ र अफिसियल चार गरी २४ मात्र सहभागी हुँदैछन् ।

पोखरामा हुने आठ खेलमध्ये ब्याडमिन्टन १५ गतेबाट ब्याडमिन्टन कभर्डहलमा हुनेछ । महिला क्रिकेट १६ गते पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ । ट्रायथोलन १६ गतेबाट शुरु हुनेछ । महिला/पुरुष ह्याण्डबल १८ गते तथा बीच भलिबल, भारोत्तोलन र महिला फुटबल ९ गते बाट शुरु हुनेछ ।

बिच भलिबल बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ । भारोत्तोलन माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । फुटबलका लागि गौरी शङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतना विजयपुरमा अभ्यासस्थल तोकिएको छ । क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्रलाई तय गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ११ : ०६ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास