सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि घट्दै | Khabarhub Khabarhub

सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि घट्दै


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ ।

नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करीब २१ लाखको लागतमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताए ।

लम्सालका अनुसार शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमाली टोलको बीच भाग, इलाका प्रहरी कार्यालय लगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।

लम्सालले शान्तिसुरक्षा कायम गर्न सिसी क्यामरा प्रभावकारी देखिएको जनाउँदै नगरपालिका क्षेत्रका अन्य ठाउँमा पनि क्रमशः सिसी क्यामरा थप गर्दै लगिने बताए।

सिसी क्यामरा निगरानीको व्यवस्थापन इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ । प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाइएको छ । प्रहरीले चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए।

प्रहरी निरीक्षक गिरीका अनुसार सिसी क्यामराको सहयोगबाट दुलेगौडामा केही दिनअगाडि सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन प्रहरी सफल भएको छ ।

‘सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि गर्ने प्रवृत्तिका व्यक्ति तर्सिन्छन्,’ गिरीले भने, ‘जसले गर्दा चोरी, डकैती लगायतका घटनामा कमी आउँछ ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : ५१ बजे

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल