चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला « Khabarhub

चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला परेको छ ।

मेडिकल कलेका विद्यार्थी बस्ने होस्टलमा पेस्तोल फेला पारिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका उपरीक्षक दानबहादुर मल्लका अनुसार शनिवार दिउँसो होस्टलमा पेस्तोल र गोली फेला परेको हो ।

होस्टलमा मेड इन युएसए लेखिएको पेस्तोल र गोली फेला परेको मल्लले बताए ।

‘होस्टलका गार्डले हतियार देखेको भनेर प्रहरीलाई खबर गरे’ मल्लले भने,‘त्यसपछि होस्टलमा खोज्दै जाँदा पेस्तोल र केही राउण्ड गोली फेला पर्यो‍ ।’

मल्लले हतियार कसको हो र कहाँबाट आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।

चितवन मेडिकल कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

आइतवार समितिले चितवनमा कार्यक्रम गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा होस्टलबाट हतियार फेला परेको हो ।

अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ५ : ४५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ