छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी « Khabarhub

छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हिमानी ट्रष्टले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।

गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका पदाधिकारी र हिमानीका छोरा हृदयन्द्र शाहपनि उपस्थित थिए ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा बलिउड नायिका मनिषा कोइराला पनि उपस्थित थिईन् ।

लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानीले समेत रक्तदान गरेकी थिइन् ।

पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : १९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति