समाजवादीको बैठक निष्कर्षमा पुग्न सकेन, आइतवार पुन बस्ने « Khabarhub

समाजवादीको बैठक निष्कर्षमा पुग्न सकेन, आइतवार पुन बस्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार छाड्ने वा रहने भन्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक निष्कर्षमा पुग्न सकेन ।

शनिवार साँझ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

सत्तारुढ दल समाजवादी पार्टीलाई जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि पार्टीको औपचारिक धारणा तय गर्न भन्दै बैठक बसेको हो ।

पार्टीका सूचना तथा सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले बैठक जारी भए पनि कुनै निर्णय हुन नसकेको र आइतबार पुनः बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।

सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीले स्वास्थ्यबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ५९ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म