कागती एक फाइदा अनेक, कुन रोगका लागि हुन्छ किफायती ? « Khabarhub

कागती एक फाइदा अनेक, कुन रोगका लागि हुन्छ किफायती ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागती भन्ने वित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रुपमा लिन्छन् ।

कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो । एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

नेपाली बजारमा वार्षिक २६ हजार टनभन्दा बढी कागती भारतबाट आउँछ । नेपालमा भने वार्षिक करिब डेढ हजार टन मात्र उत्पादन हुने अनुमान गरिन्छ ।

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ ।

कुन रोगमा कागती किफायती

दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान-बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ ।

फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि साे अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ३७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको