रोनाल्डोको टिम युभेन्टसलाई हराउँदै लाजिओले जित्यो उपाधि « Khabarhub

रोनाल्डोको टिम युभेन्टसलाई हराउँदै लाजिओले जित्यो उपाधि


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटली– इटालियन सुपर कप फुटबलको उपाधि लाजिओले जितेको छ ।

उपाधि भित्र्याउनका लागि लाजिओले युभेन्टसलाई पराजित गरेको थियो । साउदी अरेबियाको रियादमा आइतबार राति भएको खेलमा लाजिओले युभेन्टसलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालासहितको युभेन्टसलाई लाजिओले पराजित गरेको हो । खेलमा शुरुवाती अग्रता लाजिओले गरेको थियो ।

खेलको १६ औँ मिनेटमा लुइस अल्बर्तोले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । ७३ औँ मिनेटमा सेनाड लुलिकले गोल गरेपछि पुनः लाजिओले अग्रता लियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका रोड्रिगो बेन्ताकुरले रातो कार्ड पाए । इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले लाजिओका लागि गोल गरे र टिमलाई ३–१ को जित दिलाए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : २७ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट