दुई वर्षको श्रम स्वीकृतिमा तीन वर्षको बीमा, वैदेशिक रोजगारीमा जानेबाट वार्षिक २९ करोड ठगी | Khabarhub Khabarhub

दुई वर्षको श्रम स्वीकृतिमा तीन वर्षको बीमा, वैदेशिक रोजगारीमा जानेबाट वार्षिक २९ करोड ठगी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा २ वर्षका लागि मात्र श्रम स्वीकृति जारी गर्दै आएको छ ।

तर वैदेशिक रोजगारीमा जाने श्रमिकले ३ वर्षको वैदेशिक रोजगार म्यादी बीमा गराउनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको करारअवधि भने २ वर्षको मात्र हुन्छ । तर, उनीहरुले वैदेशिक रोजगार म्यादी बीमा भने ३ वर्षको गराउनुपर्ने बाध्यता रहेको छ ।

श्रम स्वीकृति २ वर्ष अवधि भएतापनि कामदारहरुको बीमाको अवधि ३ वर्षको हुने व्यवस्था कार्यान्वयनमा हाल कायमै छ । विदेशीने श्रमिकले १ हजार ५ सयको बीमा गरानुपर्छ ।

दक्षिण कोरिया र इजरायल जाने श्रमिकका हकमा भने ५ वर्षका लागि श्रम स्वीकृति जारी हुँदै आएको छ । यी देश जाने कामदारले भने २ हजार ५ सयको म्यादी बीमा गर्नुपर्ने व्यवस्था छ । श्रम स्वीकृति लिनुपूर्व म्यादी बीमा र कल्याणकारी कोषको तोकिएको रकम श्रमिकले जम्मा गर्नुपर्छ ।

संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशीने श्रमिकका हकमा ४ बर्षको अवधिमा ६ वर्षको म्यादी बीमाको शुल्क तिर्दै आएको वैदेशिक रोजगार विभागको महानिर्देशक भीष्म कुमार भुषालले बताए ।

विभागले यसरी श्रमिकलाई आर्थिक भार पर्ने समस्या हटाउन प्रयास गरिरहेको उनले बताए ।

‘नेपाली कुटनीतिक नियोगबाट अथवा घर विदामा आएका श्रमिकले पुनः श्रम स्वीकृति गर्दा ३ वर्षअवधिको बीमा प्रिमियम गराउनुपर्छ । जसका कारण पछिल्लो वर्षको अवधि दोहोरिदाँ ४ बर्षको करार अवधिका लागि ६ बर्षको बीमाको शूल्क तिर्दै आएका छन्,’ उनले भने, ‘श्रमिकले एक वर्षको बीमा यतिकै गराउँदै आएका छन् । यो आवश्यक नै छैन । जसका कारण विभाले करारअवधि भरकै मात्र बीमा गराउन गरि पहल गरिरहेको छ ।’

बीमा गराउँदा श्रमिकलाई दोहोरो आर्थिक भार हटाउन विभाग लागि परेर काम गरिरहेको उनको भनाइ छ । घरबिदामा आएका श्रमिकले पुन सोही देश र कम्पनीमा जानका लागि म्यादी बीमा गर्नुपर्ने कानूनी व्यवस्था छैन । तर, यसरी विदामा आएका श्रमिकले पनि पुन बीमा गराउनु परिरहेको छ ।

ऐनमा यस्तो व्यवस्था

वैदेशिक रोजगारीमा जानुअघि इजाजतपत्रवालाले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १९ बमोजिम करार अवधिभर कायम रहने गरी न्यूनतम ५ लाखको बीमा गराउनुपर्ने व्यवस्था छ । त्यसैगरी वैदेशिक रोजगार ऐनको दफा २१(२) बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानका लागि समेत बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले म्यादी बीमा गराउदै आएका छन् ।

बीमाका नाममा २९ करोड वार्षिक ठगी

वैदेशिक रोजगारीका क्रममा हुने म्यादी बीमाका नाममा वार्षिक २९ करोड ठगी भइरहेको छ । श्रम स्वीकृतिको अवधिभन्दा एक वर्ष धेरै समयको पैसा बीमा कम्पनीले विदेशीने श्रमिकसँग लिइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमा गराउदाँ १ हजार ५ सय तिर्नुपर्छ । उनीहरुको करारअवधि २ वर्षको हुन्छ । तर, बीमा भने ३ वर्षको गराएर विदेशिन्छन् । जसका कारण उनीहरुसँग एक वर्षको ५ सय रुपँयौ बीमा कम्पनीले धेरै पैसा लिइरहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत गरी ५ लाख ८० हजार युवा गएको विभागको तंथ्याकमा छ । उनीहरुसँग एक वर्षको धेरै बीमा गराएर बीमा कम्पनी २९ करोड उठाएका छन् । यो विषयमा नियमक निकाय बीमा समितिले अविज्ञता प्रकट गरेको छ ।

समिति मौन, बीमामा सिण्डिकेट

वैदेशिक रोजगारीमा जाने श्रमिकले गराउने म्यादी बीमाका लागि विभागले सवै बीमा कम्पनीबाट पैसा भुक्तानी गर्नेसक्ने अनलाइन प्रणालीको विकास गरेको छ । तर, यो विषयमा राष्ट्रिय बीमा समितिले निर्णय नगर्दा योजना अलपत्र परेका विभागले जनाएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा धेरै बीमा कम्पनीहरु दर्ता भएपनि यो विषयमा समितिले निर्णय गरेको छैन । जसका कारण म्यादी बीमा गराउन सिण्डिकेट जस्तै छ ।

हाल, वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमाका लागि सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड गरी ४ वटाले काम गर्दै आएका छन् ।

विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले सम्बन्धीत प्रदेश र जिल्लाबाट म्यादी बिमा गराउन मिल्ने गरि अनलाइन प्रणाली बनाएको विभागका महानिर्देशक भुषालले जानकारी दिए । तर, सम्बन्धीत निकायबाट समयमा निर्णय नआउदाँ काम अघि नबढेको उनको भनाइ छ ।

विभागले सेवा प्रवाहका लागि लागू गरेका इ–टोकन, इ–स्टीकर सहितका अनलाइन सेवा र घरैबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने मिल्ने व्यवस्था गरिएको छ ।

म्यादी बीमाका लागि विभागले अनलाइन प्रणालीबाट घरैबाट काम गर्नेसक्ने प्रणालीको विकास भएपनि सञ्चालनमा ल्याउन समस्या देखिएको छ । अनलाइन बीमाका सवै प्रक्रिया पुरा भएको विषयमा समितिलाई पटक–पटक छलफल र जानकारी गराएको विभागले जानकारी दिएको छ । तर, समिति भने मौन रहेको विभागले जनाएको छ ।

पुनः श्रम स्वीकृतिका लागि बीमा नवीकरण र प्रथम पटक म्यादी बीमा गर्दा बीमा प्रिमियम वापतको रकम समेत ई–बैकिङ अनलाइन भुक्तानी प्रणालीमार्फत बुझाउन सकिनेगरी विभागले प्राविधिक तयारी गरेको छ । जसका बैकिङ सेवा सुरु भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ५८ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा