नीति कथाः एक-आपसमा लडाई-झगडा गर्छन् त्यसैले यिनीहरु मनुष्य हुन् « Khabarhub

नीति कथाः एक-आपसमा लडाई-झगडा गर्छन् त्यसैले यिनीहरु मनुष्य हुन्


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्राचीन मन्दिरको छतमा केही परेवा राजीखुशी रहन्थे । जब पर्व मेला आयो तयारीको लागी मन्दिरको जीर्णोद्धार हुन थाल्यो त्यतिबेला परेवाहरुले मन्दिर छोडेर नजिकैको चर्चमा गए।

चर्च मा पनि बस्ने परेवाहरुले नयाँ परेवाहरुको साथ राजीखुशी बस्न लागे। क्रिसमस आउन लाग्यो चर्चमा पनि रंगरोगन शुरू भयो । अत: सबै परेवाहरुलाई जानु पर्‍यो नया ठाउँको खोजीमा।

भाग्यले नजिकै एक मस्जिदमा उनीहरुले ठाउँ पाए र मस्जिदमा बस्ने परेवाहरुले उनीहरुलाई खुशी-खुशी स्वागत गरे।

रमज़ानको समय थियो मस्जिदको साफसफाई पनि शुरू भयो सबै परेवा पुनः त्यही प्राचीन मन्दिरको छतमा आए।

एक दिन मन्दिरको छतमा बसेका परेवाहरुले देखे कि तल चोकमा धार्मिक युध्द एवं दंगा भयो।

सानो परेवाले आफ्नी आमासँग सोध्यो “आमा यिनीहरु को हुन ?”
आमाले भनिन् “यिनीहरु मनुष्य हुन्”।

सानो परेवाले सोध्यो “आमा यिनीहरु आपसमा किन लडिरहेका छन् ?”

आमाले भनिन्  “जुन मनुष्य मन्दिर जान्छन् उसलाई हिन्दू भनिन्छ, चर्च जानेलाइ ईसाई र मस्जिद जाने मनुष्यलाई मुस्लिम भनिन्छ।”

सानो परेवाले भन्यो ” आमा यस्तो किन ?

जब हामी मन्दिरमा थियौं हामीलाई परेवा नै भन्थे, चर्चमा गयौं तैपनि परेवा नै भने र जब मस्जिदमा थियौं त्यतिबेला पनि परेवा नै भन्थे, त्यसरी नै यिनीहरुलाई पनि मनुष्य भन्नु पर्थ्यो जहाँ गए पनि, तर भनिदैन ।”

आमाले भनिन “मैले, तिमीले र हाम्रा साथी परेवाहरुले त्यो एक ईश्वरीय सत्तालाई अनुभव गरेका छौं त्यसैले हामी यति उचाईमा शान्तिपूर्वक रहन्छौं।

यिनीहरुलाई त्यस एक ईश्वरीय सत्ताको अनुभव हुन बाँकी छ , त्यसैले यिनीहरु हामी भन्दा तल बस्छन र आपसमा लडाई झगडा गर्दछन्।”

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : १४ बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई