३ दिनमा सलमान खानको ‘दबंग ३’ ले कति कमायो ? « Khabarhub

३ दिनमा सलमान खानको ‘दबंग ३’ ले कति कमायो ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान, सोनाक्षी सिन्हा र सई मन्जरेकर स्टारर फिल्म ‘दबंग ३’ ले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले पहिलो दिन २२ देखि २३ करोड भारु कमाइ गरेको थियो ।

दोस्रो दिनसम्म आउँदा पनि फिल्मको कमाइ यसैको आसपास छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो दिन २९ करोड कमाइ गरेको छ । पहिलेको तुलनामा फिल्मको व्यापार केही बढी देखिएको छ ।

यतिबेला भारतमा भइरहेको आन्दोलनका कारण पनि फिल्मलाई घाटा भएको छ । दिल्ली र उत्तर प्रदेशमा भएको प्रदर्शनका कारण फिल्मको व्यापारमा घाटा पुगेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो विकेन्डमा झण्डै ७३ करोड कमाइ गरेको छ । यसलाई सलमानका अन्य फिल्मको कलेक्सनभन्दा कम मानिएको छ ।

फिल्मलाई लिएर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । समीक्षकले पनि ‘दबंग ३’ लाई स्तरीय फिल्म भनेनन् । सामाजिक सञ्जालमा पनि फिल्मको आलोचना भएको थियो ।

फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । जो एक बलवान् प्रहरी अफिसर हुन्छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ०५ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा