मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार « Khabarhub

मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – भोजपुरी कलाकार श्यामकुमार मिश्राले नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले आफूमाथि निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।

सांसद साहले आफ्नै घरमा बोलाई बन्धक बनाएर कुटपिट गरेको मिश्राले आरोप लगाएका छन् ।

गायक तथा कलाकार मिश्रालाई कपिलवस्तुको कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर सांसद साहले कुटपिट गरेका हुन् ।

‘राजनीति बढी गर्छस् भन्दै घरमा बोलाएर कुटपिट गरे, उनका ड्राइभरले पनि बन्धक बनाएर मलाई कुट्यो,’ मिश्राले खबरहबसँग भने ।

सांसद साहले मुखमा पेस्तोल राखेर तँलाई मारिदिन्छु भन्दै धम्की दिएको मिश्राको भनाइ छ । नेता साह र उनका चालक शशि कश्यपले बाँधेर कुटेको मिश्राले बताए ।

‘मुखमा पेस्तोल हालेर मारिदिन्छु भन्दै कुटे,’ मिश्राले भने । कुटपिटका कारण मिश्रा घाइते भएका छन् ।

बन्धक बनाइएका मिश्राले कोठाबाट फुत्किएर बाहिर भागेको बताए । मिश्राको बुटवलस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मिश्राले टाउकोमा धेरै चोट लागेको र अहिले केही सुधार भएको बताए ।

अञ्चल अस्पतालमा उपचार गराइरहेका मिश्राले कांग्रेस सांसद साहविरुद्ध आइतबार प्रहरीमा उजुरी दिएका छन् ।

कलाकार मिश्रा पछिल्लो समय राजनीतिमा पनि सक्रिय थिए । उनी राजावादी दल राप्रपासँग नजिक थिए । दुई हप्ताअघि पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तु भ्रमणका क्रममा जाँदा मिश्राले स्वागत गरेका थिए ।

मिश्रालाई कुटपिट गर्ने साह कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यता मिश्राले गत निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : १७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन