पत्रकार जमाल खासोग्जी हत्या प्रकरणमा ५ जनालाई मृत्युदण्डको सजाय « Khabarhub

पत्रकार जमाल खासोग्जी हत्या प्रकरणमा ५ जनालाई मृत्युदण्डको सजाय


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार जमाल खासोग्जीको हत्या प्रकरणका ५ जना आरोपीलाई साउदी अरबको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ ।

साउदी सरकारको कडा आलोचक मानिएका पत्रकार खासोग्जीको २ अक्टोबर २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।

पत्रकार खासोग्जीको हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको विषय चर्चामा आएको थियो । तर, साउदी सरकारले खासोग्जीको हत्यामा राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै ‘केही छाडा एजेन्टहरु’ले घटना घटाएको आरोप लगाएको थियो ।

यद्यपि संयुक्त राष्ट्रसंघका एक अनुसन्धानकर्ताले खासोग्जीको हत्यालाई ‘राज्यद्वारा गरिएको हत्या’को संज्ञा दिएका थिए ।

खासोग्जी कुनै समय साउदी राजपरिवारको निकट व्यक्ति मानिन्थे । उनले लामो समय साउदी समाचार संस्थाका लागि काम गरे ।

साउदी सरकारको सल्लाहकारका रुपमा समेत काम गरेका खासोग्जीले पछिल्ला केही वर्ष अगाडि साउदी राजपरिवारको ‘विश्वास गुमाए’का थिए । राजपरिवारबाट खतरा महसुस गरेका खासोग्जी सन् २०१८ मै अमेरिका निर्वासनमा गएका थिए ।

निर्वासनका क्रममा अमेरिकामा रहेका बेला उनले वाशिङ्टन पोस्टका लागि मासिक रुपमा स्तम्भ लेख्ने गरेका थिए । आफ्नो स्तम्भमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरुको अलोचना गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ३ : ४८ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।