लण्डनबाट फर्किएपछि अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ « Khabarhub

लण्डनबाट फर्किएपछि अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।

‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ दिँदा ह्याप्पी छु,’ अनुष्काले भनिन् ।

अनुष्काले मिस वर्ल्डको स्टेजमा पाएको सम्मान सबै नेपालीका लागि भएको बताइन् । साथै उनले नेपालबारे अरुलाई पनि जानकारी गराएको बताइन् । उनले भनिन्, ‘धैरेलाई नेपाल भनेको सगरमाथाको देश भन्ने थाहा रहेछ, मैले नेपालको प्राकृतिक पक्षलाई पनि चिनाउने कोशिश गरेँ ।’

मिस नेपाल २०१९ बनेपछि अनुष्काले ‘पर्यटन वर्ष २०२०’ को प्रचार गर्दै आएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै पोस्ट गरेकी थिइन् ।

अनुष्काले मिस वर्ल्डमा सहभागी जनाउँदाको यात्रा निकै रमाइलो रहेको बताइन् । यसलाई एक महत्त्वपूर्ण क्षणका रुपमा लिएको समेत उनले बताइन् । ‘कडा मेहनत र साथीको साथले जित्न सजिलो हुनेछ,’ उनले भनिन् ।

मिस वर्ल्डको प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागिता जनाउन पाउँदा आफू खुशी भएको र सबैको साथ र टिमवर्कले नेपालको सहभागिता सम्मानजनक भएको अनुष्काले बताइन् ।

‘विदेशी धेरैले नेपाल कत्रो छ भनेर सोध्नुहुन्थ्यो, यति धेरै भोट आउने देश कत्रो छ भन्नुहुन्थ्यो,’ अनुष्काले भनिन्, ‘मिस वर्ल्डलाई नेपालीले प्याजेन्ट विनरका रुपमा भन्दा पनि नेपालको प्रतिनिधिका रुपमा हेर्नुहुन्छ भनेर मैले भनेँ ।’

‘मिस वर्ल्ड २०१९’ मा सहभागिता जनाउन अनुष्का ४ मंसिरमा लण्डन उडेकी थिइन् । गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जितेकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताल उचालेकी थिइन् ।

मिस वर्ल्डको ग्राण्ड फिनालेमा उत्कृष्ट १२ मा पुग्न सफल अनुष्काले मल्टिमिडिया अवार्डसहित ३ अवार्ड जितेकी थिइन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ४५ बजे

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

लन्डन- बेलायत सरकारले आगामी अक्टोबर १ देखि घरायसी विद्युत् महसुलमा

नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश