मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित « Khabarhub

मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित रहेको एक अध्ययनले देखाएको छ ।

आफन्त नेपालले गरेका एक अध्ययनले मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित रहेको दखाएको हो ।

आफन्तले मानव बेचबिखन पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता स्रोत सामाग्री पुस्तिका सार्वजनिक गर्दै मानव बेचबिखनमा परेका पीडितलाई न्याय दिलाउने सरकारले उचित कदम चाल्न नसकेको आरोप लगाएको छ ।

देशभर करिब १० हजारको हाराहारीमा मानव बेचबिखन पीडित भएपनि कानुनी उपचारका लागि करिब ३ सय मुद्दा मात्र दर्ता भएको पुस्तिकामा खुलाइएको छ ।

मानव बेचबिखनमा परेका पीडितहरुले समाजको बेइज्जत हुने डरले न्यायका लागि प्रशासनसम्म नपुग्ने गरेको पुस्तिकामा उल्लेख गरिएको छ ।

कार्यक्रममा महिला, वालबालिका तथा ज्येष्ट नागरिक मन्त्री पर्वत गुरुङले सरकारले मानव बेचबिखन पीडितलाई उचित न्याय र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘ मानव बेचबिखनका घटनाप्रति सरकार गम्भीर भएर काम गरिरहेको छ । आगामी दिनमा विभिन्न सरकार र गैरसरकारीसँग मिलेर अभियान चलाउने छौं ।’

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले मानव बेचबिखनमा परेका पीडितलाई रोजगारी, शिक्षा र स्वास्थ्यका लागि राज्यले विषेश व्यवस्था गर्नुपर्ने बताए ।

आफन्तले मानव तस्करीमा परेका पीडितलाई अभिमुखिकरण तालिम, लैगिक समानतामा, सिमा अनुगमन र मानव बेचबिखनमा विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ५८ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा