भ्रमण वर्षलाई लक्षित गरी डोटीमा प्याराग्लाइडिङ शुरु | Khabarhub Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी डोटीमा प्याराग्लाइडिङ शुरु


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा आज प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो ।

छतिवनको रिठा, बुडर, रुपसकाँडालगायतका ठाउँमा प्याराग्लाइडिङ उडान सफल भएको प्याराग्लाइडिङको अमेजिङ एड्भान्चर प्रालिका भुपेन्द्र कार्कीले जानकारी दिए ।

करीब चार ठाउँमा गरिएको परीक्षण उडानमा सबैभन्दा राम्रो रुपसकाँडा रहेको प्याराग्लाइडर सागर कार्कीले बताए। उनले भने, “प्याराग्लाइडिङका लागि रुपसकाँडा उपयुक्त देखियो, राजमार्ग नजिकै भएकाले पनि यहाँ पर्यटक आकर्षित हुन सक्छन् ।”

भ्रमण वर्ष २०२० को अवसरमा जिल्लाको शैलेश्वरी, बडिकेदार, खप्तड, छतिवन ताल, नापानी, छहरा झरना, गोलादेउलगायतका ठाउँ घुम्न लायक छन् ।

जिल्लाको दिपायल विमानस्थलको कालोपत्रको काम करीब करिब अन्तिमचरणमा पुगेकाले हवाई उडान हुनसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सक्ने सम्भावना बढेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए ।

उनले भने, “भ्रमण वर्ष सफल पार्न स्थानीय तह अघि बढेको छ, भ्रमण वर्ष राम्रोसँग सफल पार्ने छौँ । छतिवनमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडानले त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक निकै तान्न सकिने छतिवन पर्यटन प्रवर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए ।

उनले भने, “हाम्रो क्षेत्रमा पर्यटक लोल्याउने असङ्ख्य ठाउँ छन, हिँडेर समय लाग्ने ठाउँमा अव हामी प्याराग्लाइडिङको माध्यमबाट छिटो अवलोकन गराउन सक्छौँ ।”

भ्रमण वर्ष २०२० मा सुदूरपश्चिमभरिका कुन स्थानीय तहमा घुम्न र हेर्न लायक के के ठाउँ छन् त्यसको पहिचान गरेर प्रचारप्रसार गर्ने तयारी भइरहेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

डोटीमा दुई नगरपालिका र सात गाउँपालिका गरी कूल नौ स्थानीय तह रहेका छन् । भ्रमण वर्ष २०२० सफल पार्नका लागि जिल्लाका सबै स्थानीय तहले पर्यटकीयस्थलको गुरुयोजना बनाएर कामअघि बढाएको अध्यक्ष ओझाले जानकारी दिए ।

भ्रमण वर्ष सफल पार्न जिल्लामा प्याराग्लाइडिङ, छतिवन ताल तथा दिपालयको सेती नदीमा ¥याफ्टिङको काम अघि बढाइने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए ।

छतिवनमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि यसको नियमित उडानका लागि विशेष पहल गरिने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताइन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : ३० बजे

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका