प्रदेश १ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्छौंः मुख्यमन्त्री राई « Khabarhub

प्रदेश १ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्छौंः मुख्यमन्त्री राई


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मुख्यमन्त्री शेरधन राईले प्रदेश नंं.१ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गरिने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई भव्य एवं सभ्य बनाउन गरेको तयारीको विषयमा जानकारी गराउने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रममा उनले सरकारले छनोट गरेको १०० गन्तव्य स्थानमा यो प्रदेशमा १६ रहेको र यी सबै स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजना बनाउन लागेको जानकारी दिए ।

मुख्यमन्त्री राईले यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले आफ्ना कार्ययोजनासहित अघि बढ्न समितिलाई निर्देशन दिँदै पर्यटन वर्षभरिमा गरिने कार्यको पनि सूची सार्वजनिक गर्न निर्देशन दिए ।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक एवं उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले पर्यटकीय क्षेत्रको विकासबाट नै देशको अर्थतन्त्र बलियो हुने र देशको चिनारी पनि बढ्ने भएकाले यसका लागि सबैले जिम्मेवारीपूवर्क कार्य गर्नुपर्नेमा जोड दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीव राईले पुस १६ गते स्थानीय शहीद रङ्गशालामा पर्यटन वर्ष २०२० को शुभारम्भ हुने र सो अवसरमा हेलिकप्टरबाट पुष्प अर्पण, विभिन्न संघ संस्थाबाट झाँकी प्रदर्शन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटको तर्फबाट मार्च पास गरिनुका साथै ड्रोनबाट नेपालको झण्डा फहराउने जस्ता गतिविधि हुने जानकारी दिए ।

सो अवसरमा होटल व्यवसायी संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले एक वर्षमा आउने पर्यटकलाई खानामा १५ प्रतिशत र बासमा २० प्रतिशत छुट दिने घोषणा गरे ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ३५ बजे

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी