नारायणी नदीमा चल्यो मिनी पानीजहाज (फोटो फिचर) « Khabarhub

नारायणी नदीमा चल्यो मिनी पानीजहाज (फोटो फिचर)


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ काप्रेघाटमा मिनी पानीजहाज (क्रुज सीप)को सफल परीक्षण गरिएको हो ।

परीक्षणमा चालक दलका केही सदस्य र सञ्चालकहरुले सवार गरेका थिए । पानीजहाज बनाउन तयार गरिएको पोर्टबाट करिब एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन मिनी पानीजहाजमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् ।

यसअघि दशैं अगाडि नै मिनी जहाज सञ्जालनमा ल्याइने तयारी गरिएको भए पनि केही प्राविधक काममा भएको ढिलाईका कारण अहिले परीक्षण गरिएको हो ।

कँडेलका अनुसार मिनी पानीजहाजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ समेत राखिएको छ । गत वर्ष चैतबाट मिनी पानीजहाजको निर्माणको काम थालिएको हो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ४० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००