नारायणी नदीमा चल्यो मिनी पानीजहाज (फोटो फिचर) « Khabarhub

नारायणी नदीमा चल्यो मिनी पानीजहाज (फोटो फिचर)


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ काप्रेघाटमा मिनी पानीजहाज (क्रुज सीप)को सफल परीक्षण गरिएको हो ।

परीक्षणमा चालक दलका केही सदस्य र सञ्चालकहरुले सवार गरेका थिए । पानीजहाज बनाउन तयार गरिएको पोर्टबाट करिब एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन मिनी पानीजहाजमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् ।

यसअघि दशैं अगाडि नै मिनी जहाज सञ्जालनमा ल्याइने तयारी गरिएको भए पनि केही प्राविधक काममा भएको ढिलाईका कारण अहिले परीक्षण गरिएको हो ।

कँडेलका अनुसार मिनी पानीजहाजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ समेत राखिएको छ । गत वर्ष चैतबाट मिनी पानीजहाजको निर्माणको काम थालिएको हो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ४० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको