७० वर्ष पुगेका बाआमाको बिमा रकम सरकारले बेहोर्ने | Khabarhub Khabarhub

७० वर्ष पुगेका बाआमाको बिमा रकम सरकारले बेहोर्ने


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्‍याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको नयाँ पत्रिकामा खबर छ ।

नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सबै जिम्मा सरकारले लिने व्यवस्था छ । ७० वर्षमाथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिने भएको छ ।

प्रिमियम रकम पनि प्रतिपरिवार ५ जनासम्मका लागि ३५ सय तोकिएको छ । तर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक भए परिवारमा उनीहरूको संख्या गणना हुनेछैन ।

यो व्यवस्था १ साउनबाट लागू हुनेछ । यसअघि पाँचजनासम्मको परिवारले २५ सयका दरले प्रिमियम तिर्नुपर्ने व्यवस्था थियो । २५ सय तिरेर ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने बिमितले अब ३५ सय तिरेर १ लाखसम्मको सेवा पाउन सक्छन् ।

त्यस्तै पत्रिकाले देशभरका पुलको समाचारलाई प्राथमिकताका साथ छापेको छ । यसअघि सडक विस्तारका बाधक बनेका पुल, देशभर धरासाही भएका पुलको अवस्था, पुलका नाममा भएका अनियमितताका समाचारलाई प्राथमिकतामा दिएपनि आज पर्यटकले रोज्ने आकर्षक पुलका विषयमा समाचार छ । भौतिक पुर्वाधार मन्त्रालयको तथ्यांक अनुसार देशभर २ हजार २ सय ८ पक्की पुल छन् । ग्रामिण क्षेत्रका पुलले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ५८ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट