कानेपोखरीमा कन्टेनर र टाटासुमो ठोक्किए, २ को मृत्यु « Khabarhub

कानेपोखरीमा कन्टेनर र टाटासुमो ठोक्किए, २ को मृत्यु


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए।

सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने रमेश तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिकाका हरिप्रसाद नेम्वाङ, सुमो चालक दमक नगरपालिका–२ बस्ने कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने लक्ष्मण अधिकारी घाइते भएका छन् । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १ : ०० बजे

लोप हुँदै सुदूरपश्चिमको देउडा

बझाङ– भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि

आगामी निर्वाचनका लागि दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

काठमाडौँ–  निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४

आश्रममै दशैँ

तानसेन– आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आँगन डुलाउनु

सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग

युद्ध छाडेर वार्ताको बाटोमा फर्किन राष्ट्रसंघमा नेपालको आग्रह

काठमाडौँ- परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र