व्यवहारिक र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ– देउवा « Khabarhub

व्यवहारिक र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ– देउवा


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले शनिवार आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उनले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताए ।

“नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन”, उनले भने । अहिले पनि पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि ती विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको सभापति देउवाले बताए ।

काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदीले त्रिविले गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको बताए ।

सो गोष्ठीमा संविधानमा उच्च शिक्षाबारे गरिएको व्यवस्था, गुणस्तरीय शिक्षा र शैक्षिक नीति, नियमलागतयका विषयमा बृहत छलफल हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : २३ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले