हरेक हप्ता तलब दिने कानून बनाउन कांग्रेस नेता गुरुङको सुझाब « Khabarhub

हरेक हप्ता तलब दिने कानून बनाउन कांग्रेस नेता गुरुङको सुझाब


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस युवा नेता कल्याण गुरुङले हरेक हप्ता तलब दिने  गरि कानून ल्याउनुपर्ने बताएका छन् । महिना दिनसम्म तलव नदिँदा बजारमा पैसा प्रवाह नहुने र अर्थतन्त्र चलायमान नहुने गुरुङको तर्क छ ।

खबरहबसँग कुरा गर्दै गुरुङले भने – नेपालमा सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारीहरूलाई महिनामा एक पटक तलब दिइन्छ, अझ सरकारी विद्यालयका शिक्षकहरुको तलब ४ महिनामा एक पटक दिइन्छ । यसो गर्दा एक बर्षमा जम्मा १२ पटक मात्र पैसा बजारमा प्रबाह हुन्छ । यसले कुनै लाभदायक प्रतिफल दिँदैन ।’

उनले देश विकासको लागि मौद्रिक प्रवाह बढी हुनु आवश्यक रहेको भन्दै सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारी र शिक्षकहरुको तलब हरेक हप्ता दिने गरि कानून बनाउनु पर्ने बताए ।

गुरुङले थपे, ‘हप्तैपिच्छे तलब दिइयो भने वर्षमा कम्तिमा ५२ पटक पैसा देशमा प्रवाह हुन्छ । देशमा विकासको गतिलाई तीब्र तुल्याउने हो भने बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र मुद्रा (पैसा) लाई सुत्न दिन हुँदैन ।’

गुरुङले मौद्रिक प्रवाह हुँदा आर्थिक कारोबार बढ्ने, रोजगारीका अवसरहरु सिर्जना हुने भन्दै यस विषयमा गम्भीर बहसको शुरुवात गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ५ : ४५ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी