नेपाली कारागारमा बनेका मुढा अष्ट्रेलियामा किन्न पाइने ! « Khabarhub

नेपाली कारागारमा बनेका मुढा अष्ट्रेलियामा किन्न पाइने !


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– नेपालका कारागारमा बनेका बाँसका मुढा अष्ट्रेलियामा बेचिने भएका छन् । नेपाली कारागारमा कैदीहरुले बनाएको बाँसको मुढाले अष्ट्रेलियाको बजार पाएको हो । अष्ट्रेलियास्थित कथा प्राइभेट लिमिटेडले नेपाली कारागारमा बनेका मुढालाई अष्ट्रेलियाको बजारमा ल्याएको हो ।

शनिवार अष्ट्रेलियामा कथा प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गरी मुढालाई अष्ट्रलियाको बजारमा बजारीकरण गरेको जनाएको छ ।

सिड्नी शहरमा आयोजित पत्रकार सम्मेलनमा कथा प्राइभेट लिमिटेडका निर्देशक अरुण ढकालले शुरुको चरणमा नेपालबाट २५ वटा मुढाहरु आयात गरिएको जनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नेपालमा बनेका समानको अष्ट्रेलियामा बजारीकरण हुनु राम्रो भएको भन्दै यसले नेपालमा रोजगारी सिर्जना गर्न मद्दत हुने समेत जनाए ।

नेपालबाट वैधानिक प्रक्रियाबाट आयातित मुढाहरु अष्ट्रेलियाको क्वारेन्टाईनबाट समेत परीक्षण गरिएको बताइएको छ । बाँस, पुराना टायर, प्लाष्टिकका डोरी लगायतका समान प्रयोग गरी उत्पादिन मुढाहरु गुणस्तरीय, टिकाऊ र आकर्षक तथा वातावरणमैत्री रहेको कथा प्राइभेट लिमिटेडको दाबी छ ।

ठूला, मध्यम र साना गरेर विभिन्न ३ वटा साईजमा उपलब्ध मुढाहरु कथाको वेभसाईट तथा मिन्टो स्थित नमस्ते मिन्टो ग्रोसरीबाट हाल उपलब्ध हुनेछन् ।

भविष्यमा विभिन्न नेपाली व्यापार व्यवसाय, कार्यक्रम, रेष्टुरेन्ट तथा क्याफेहरुसँग सहकार्य गरी नेपाली समानलाई थप प्रवद्र्धन र विस्तार गर्ने योजना भएको कथाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ५७ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या