नेपाली सेनाले १८ वर्षपछि छोड्यो कोल्टी « Khabarhub

नेपाली सेनाले १८ वर्षपछि छोड्यो कोल्टी


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएको छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो ।

ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो ।

सेनाको गुल्म गएको तीन वर्षदेखि कोल्टी गाउँको जिउलामा रहेको सामुदायिक विद्यालयमा बस्दै आएको थियो । स्थानीय राजनीतिक दलदेखि अन्य निकायसँग निरन्तरताको पहल गरिए पनि असफल भएको दाबी सेनाको छ । सेनाको टोली कोल्टीबाट सोमबार अछाम फिर्ता भएको हो ।

ब्यारेक कोल्टीमै राख्न सामाजिक सञ्जालदेखि अन्य क्षेत्रबाट दबाब भए पनि राजनीतिक दल, नगरपालिका र स्थानीय अगुवाले बेवास्ता गर्दा फिर्ता गएको नागरिक अगुवा लक्ष्मण जोशीले जानकारी दिए ।

कोल्टीको भवानी बक्स गुल्म अछामको गणमा गएको हो । भवानी बक्स गण अछामका प्रमुख सेनानी लोचन कार्कीले भने, ‘त्यहाँ अब गुल्म राख्नुपर्ने आवश्यक नरहेकाले अछाम फिर्ता बोलाइएको हो।’

पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नबस्न भनेपछि वैकल्पिक व्यवस्था नहुँदासम्म तीन वर्षदेखि बूढिनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो ।

लामो समयदेखि विद्यालयको भवनमा बस्न नसक्ने अवस्था आएपछि सेनाको मुख्यालयले फिर्ता बोलाएको भवानी बक्स गुल्म कोल्टीका सेनानी हरिरामकुमार श्रेष्ठले जानकारी दिए । सेना कोल्टीमा २०७१ सालदेखि बस्दै आएको थियो ।

शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका सेनाले खेल्ने भूमिका उच्च रहने हुँदा जिल्लामा रहनुपर्ने दबाब स्थानीयवासीको थियो । कोल्टी क्षेत्रका चारवटा स्थानीय तहलाई लक्षित गरेर सेना आवश्यक हुने दाबी स्थानीयवासीको छ । जिल्लामा विमानस्थल पनि भएकाले उच्चपदस्थ पदाधिकारीहरुको सुरक्षा सहजताका लागि समेत सेना राख्नुपर्ने उनीहरुको भनाइ छ ।

यता बूढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भने जग्गाको समस्याले नभई सेनाले नै बस्न नचाहेको बताए । उनले रक्षा मन्त्रालयलाई समेत जग्गा उपलब्ध गराएर सेनालाई यथावत गर्न आग्रह गरिएपनि गुल्म नबसेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : ०८ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग