चैत महिनामा ४५ हजार कामदार विदेशिए, २५ हजार बढी अदक्ष « Khabarhub

चैत महिनामा ४५ हजार कामदार विदेशिए, २५ हजार बढी अदक्ष


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गएको चैत महिनामा संस्थागत र व्यक्तिगत गरी वैदेशिक रोजगारीमा ४४ हजार ९ सय ५ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा २ हजार ७ सय १९ जना महिला र ४२ हजार १ सय ८६ जना पुरुष खाडी लगायतका देश श्रम स्वीकृति लिएर गएका छन् ।

जसमा २५ हजार १ सय ६० जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ ।

चैत महिनामा २ हजार ७ सय १९ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । १६ हजार ८९ जना दक्ष कामदार र ३ हजार ४ सय अर्धदक्ष कामदार रोजगारीको खोजीमा विभन्नि देश गएको विभागको तंथ्याकमा उल्लेख छ ।

वैदेशिक रोजगारमा करिब ६० प्रतिशत युवा अदक्ष जाने गरेका छन् । ठूलो संख्यामा अदक्ष कामदार खाडीका देश र मलेसिया रोजगारीका लागि जाने गरेका छन् ।

मलेसियाको रोजगारी बन्द भएपछि नेपाली युवाहरुको गन्तव्य देश कतार बनेको छ । चैत महिनामा रोजगारीका लागि कतार १७ हजार कामदार गएको विभागको तथ्यांकमा उल्लेख छ ।

कतारपछि साउदी, युएई, बहराइन, ओमन, कुवेत लगायतका देशमा धेरै नेपाली रोजगारीका लागि गएका छन् । पछिल्लो समय खाडीका देशको विकल्पममा जापान, क्यानडा, इजिप्ट लगायतका विभिन्न देश रोजगारीका लागि नेपाली युवा जाने गरेको विभागको तंथ्याकमा उल्लेख छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : २३ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै